विकृति र विसङ्गतिबाट मुक्त हुन सरकारलाई सांसद पुनको आग्रह
काठमाडाैं | चैत २५, २०८२
सांसद महावीर पुनले मुलुकमा जडा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद जस्ता प्रवृत्तिले शासन प्रणालीलाई कमजोर बनाएको उल्लेख गर्दै यस्ता विकृतिबाट मुक्त हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद पुनले यस्तो आग्रह गर्नुभएको हो ।
नेपाल एकीकरण पछिदेखि नै यस्तो प्रवृत्ति मौलाउँदै आएको दाबी गर्दै उहाँले आगामी दिनमा मन्त्री वा सांसदले आफ्ना आफन्तलाई सार्वजनिक पदमा नियुक्त नगर्ने पद्धतिको विकास गर्न जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “म सरकार र सबै राजनीतिक दललाई के अनुरोध गर्न चाहन्छु भने नेपालमा सदियौँदेखि रहेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद जस्ता भाइरसबाट बच्नुहोस् ।
यो भाइरसले अझै पनि छोडेको छैन । आगामी दिनमा कुनै मन्त्री वा सांसदले आफ्ना आफन्तलाई फलानो पदमा नियुक्त गर्यो भन्ने सुन्नु नपरोस् ।”
फरक प्रसङ्गमा बोल्दै सांसद पुनले गुम्ली जिल्लालाई २०७५ सालमै हिमाली जिल्ला घोषणा गरिए तापनि सो अनुसारको सेवा–सुविधा उपलब्ध नगराइएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
“गुम्लीलाई हिमाली जिल्ला घोषणा गरिए पनि त्यहाँका जनताले पाउनुपर्ने सुविधा पाएका छैनन्,” उहाँले भन्नुभयो, “हिमाली जिल्लाले पाउने आधारभूत सेवा र सुविधाहरू तत्काल उपलब्ध गराउन म अनुरोध गर्दछु ।”
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

